एमाले शक्ती केन्द्रित भएमा देश दुर्घटनामा जान्छः महामन्त्री सिंह

सागर महत,अर्घाखाँची ।
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले एमालेको शक्ती केन्द्रित भएमा देश इतिहासमा ठुलो दुर्घटनामा पर्ने खतरा बढ्ने बताउनुभयो ।प्रगतिशील पत्रकार महासंघ अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
यस्तै भारतीय हिन्दु शासन ल्याउनको लागि एमाले लगायतका दलहरु मिलेर हिन्दुराज्य बनाउन विभिन्न सम्झौता समेत गरेको आरोप लगाउनुभयो । एमाले अध्यक्ष केपी ओलीले दुईपटकसम्म संसद् विघटन गरेर प्रतिगमन गरेको उल्लेख गर्दै उहाँले ०१७ र ०५९ सालको राजाको कुभन्दा त्यसको असर बढि हुने उल्लेख गर्नुभयो ,
यता मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन भित्र अझै पनि ग्यारेन्टी हुने सृर्जना नभएको बताउनुभएको छ । आफुहरुले आफ्नो क्षमता बमोजिम संघमा दुई सिट माग गरेको बताउनुभएको छ । तर अन्य केही दलले आफ्नो क्षमता भन्दा बढी माग गरेको आरोप लगाउनुभयो ।यस्तै आफुहरु प्रतिगमन विरुद्वको लडाइमा एकजुट हुन निरन्तर लाग्ने समेत बताउनुभयो ।कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिब मनोज भट्ट,जिल्ला अध्यक्ष थम्मन केसी,भुमिकास्थान नगरपालिका प्रमुख झबिलाल थापा,लगायत सहभागीता रहेको कार्यक्रम
प्रगतिशील पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष जितेन्द्र खत्रीको अध्यक्षता उपाध्यक्ष गोपाल प्रसाद भट्टराईको स्वागत मन्तव्य,सचिव भगवता भण्डारीको संचालनमा सम्पन्न भएको हो

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close