अर्घाखाँचीमा करिव ३५ सय मतदाता थप

सागर महत ,अर्घाखाँची ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा ३ हजार ४ सय ९० नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानबाट ती मतदाता थपिएका हुन् । यस्तै साउन यता बसाइसराई,दोहोरो नामवली भएका र मृत्यु भएका मतदाता संख्या २५ सय ७८ घटाएर जिल्लामा कुल १लाख ६४ हजार ७सय ६८मतदाता पुगेका छन्। मतदाता मध्ये पुरुषको संख्या ८२ हजार ५सय ९३ र महिलाको संख्या ८२ हजार २ सय ७५ पुगेको कार्यालयका कम्युप्टर अपरेटर जगदिश पाण्डेले जानकारी दिनुभयो ।
असारमा सम्पन्न स्थानीय चुनावमा पुरुष भन्दा ९ सय १७ महिलाको मतदाता संख्या बढी थियो,भने अहिले महिला भन्दा पुरुषको संख्या ४ सय १८ ले बढी रहेको छ ।
स्थानीय निर्वाचनमा कुल मतदाताको संख्या १ लाख ६३ हजार ८ सय १५ रहेकोमा महिला मतदाता संख्या ८२ हजार ३ सय ३६ र पुरुष मतदाता संख्या ८१ हजार ४ सय ४९ रहेको थियो । जिल्लाभरमा २ सय २ मतदान केन्द्र रहेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close