गुल्मीका एक युुवाले नेपाली ३४ करोड बढीको चिठ्ठा प्राप्तगरे

काठमाडौं । रोजगारीका लागि तीन वर्षअघि दुबई पुगेका गुल्मीका ३१ वर्षीय भरत विकले लक्की ड्रमा एक करोड दिराम (करिब ३४ करोड ६३ लाख नेपाली रुपैयाँ) जितेका हुन् । खालिज टाइम्सका अनुसार मासिक १३०० दिराम कमाइ गर्दै आएका भरतले ‘महजुज ड्र’ नाम दिइएको सो लक्की ड्र जितेका हुन् ।मजुजले साप्ताहिक रूपमा खुलाउने यो चिठ्ठामा भरतले टिकट लिएका थिए । यो पैसाले आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्ती गर्न खर्चिने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस !