विद्यालय व्यवस्थापन समितिमा भागबण्डा नमिल्दा चुनाव हुँदै,स्याउ र केरा चुनाव चिन्ह

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको शिवादह माध्यमिक विद्यालयमा सहमतीमा व्यवस्थापन समिति गठन हुन,नसकेपछि चुनाव हुने भएको छ । व्यवस्थापन समिति गठन गर्दा राजनीतिक दलहरुबीच समितिका सदस्यहरुको छनौटका लागि भागबण्डा नमिल्दा २ वर्षदेखि विद्यालय व्यवस्थापन समिति विहिन बनेको थियो ।

यता विभिन्न राजनिति दलका प्रतिनिधिहरुको बैठकको निर्णय बमोजिम आउदो असोज ९ गतेको लागि चुनावमको मिति घोषणा गरेका छन । चुनावका लागि दुइ वटा प्यानल खडा भएका छन ।जसमध्ये अध्यक्ष पदमा पुरन जिसिको प्यानल स्याउ चिन्ह र सुरुेन्द्र थापाको प्यानल केरा चिन्हबाट चुनाव लडने भएका छन् ।यस्तै खुल्ला सदस्य लगायतको पदको लागि पनि सोहि दिन चुनाव हुनेभएको छ ।चुनावमा विद्यालयमा अध्यानरत विद्यार्थीका अभिभावकले मतदान गर्ने विद्यालयले निकालेको सुचनामा उल्लेख छ । विद्यालयका प्रधानध्यापक गिरि बहादुर थापाका अनुसार आफुले पटक पटक सहमतीमा व्यवस्थापन समिति गठन गर्न खोजेपनि सहमती हुन,नसक्दा चुनावमा जान बाध्य भएको बताए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close