नेपाल एकिकरणमा खाँची राज्यको प्रमुख भुमिकाःउप सभामुख पुस्पा भुसालको भनाई

प्रेमनारायण आचार्य,अर्घाखाँची ।
प्रतिनिधि सभाका उपसभामुख पुस्पा भुसालले खाँची राज्य, खाँची दरबार र मन्दिरको नेपालको इतिहासमा महत्त्वपूर्ण भुमिका रहेको बताउनु भएको छ ।उहाँले यहीँ राज्यकी राजकुमारी पृथ्वी नारायण शाहकी जेठी मुमा चन्द्रप्रभावती यसै राज्यको भएको बताउदै उहाँकै शिक्षा र राजकीय रणकौशलबाट नेपाल एकीकरण भएको बताउदै नेपालको इतिहासमा यस राज्यको प्रमुख भुमिका रहेको बताउनु भयो।
सन्धिखर्क ७ खाँचीकोटमा निर्माण भएको कालिका भगवती मन्दिरको उद्धाटन गर्दै उपसभामुख भुसालले चौबिसे राज्य अन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य लाई मिलाएर अर्घाखाँची जिल्लाको नामाकरण गरिएको बताउनु भयो ।चौविसे राज्य अन्तर्गत रहेको यस खाँची राज्यमा रहेको कालिका देवी भगवतीको मन्दिर १ करोड ३० हजारको लगानीमा निर्माण गरिएको हो ।
आज बाजागाजा र कलश यात्राका साथ मन्दिरमा मुर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मन्त्री चेतनारायण आचार्य, प्रदेश सचेतक निर्मला क्षेत्री, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, सस्थापक नगर प्रमुख कमल प्रसाद भुसाल, नगर उप प्रमुख मिश्रा आचार्य, प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरे, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, नेकपा एमालेका जिल्ला सचिव विधान रायमाझी, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनाल, राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष गोपाल पौडेल, वडा अध्यक्ष चुराबहादुर केसी, श्रृधर महत्रा पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, मन्दिरका पुजारी माधव पौडेल लगायतले मन्तब्य राखेका थिए ।कार्यक्रम मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष धर्मराज केसीको अध्यक्षता र डिल्लीराज थापाको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !