सुपा देउराली मन्दिरमा सरसफाई अभियान सञ्चालन

प्रेमनारायण आचार्य,सन्धिखर्क ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ खाँचीकोटमा रहेको नेपालकै प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा सरसफाई अभियान सञ्चालन भएको छ ।
महत्वपुर्ण धार्मिक पर्यटकीय स्थल सुपा देउराली मन्दिरलाई सरसफाइमा नमुना बनाउन सन्धिखर्क नगरपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको हो । मन्दिर आसपासका स्थानीयहरुले सरसफाइ समिति बनाएर आसपासको सरसफाइ गर्न र सरसफाइमा बढी ध्यान दिन नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आग्रह गर्नुभयो ।


सुपा देउरालीमा आउने पर्यटकलाई निर्धक्कका साथ खाना तथा नास्ता खाने वातावरण वनाउन स्थानीयनै जाग्नु पर्ने नगर उपप्रमुख मिश्रा आचार्यको भनाई छ । हामीले चाहेको मनोकामना पुरा हुने यस मन्दिरमा आउने धार्मिक पर्यटकलाई स्वच्छ वातावरणमा बस्ने वातावरण बनाउन सबैलाई आग्रह गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले मन्दिर आसपासमा फोहर गर्नेलाई जरिवाना समेत गर्ने गरि अगाडी बढ्न स्थानीयलाई आग्रह गर्नुभयो । पहिलो चरणमा घर पछाडीको फोहरलाई ब्यबस्थित गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क ६ का वडा अध्यक्ष श्रृधर महत्रा, नगरपाकिलाका इन्जिनीयर नारायण पोख्रेल, राजस्व शाखा प्रमुख मुक्तिराम खनाल, सन्धिखर्क ६ का वडा सचिव सिता विसी, शितगंगा २ का पुर्ब वडा अध्यक्ष गोबद्र्धन थापा, पत्रकार महासंघका लुम्विनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला अधयक्ष अशोक खनाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सन्धिखर्क नगरपालिकाका राजस्व शाखा प्रमुख मुक्तिराम खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close