भुमिकास्थानबाट भरुवा बन्दुक सहित २ जना पक्राउ

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भुमिकास्थान १ ओखट्टे बस्ने ४० बर्षिय जितेन्द्र भुसाल र ३७ बर्षिय फर्सुराम खनाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।उनीहरुको साथ बाट एक थान अवैध भरुवा बन्दुक बरामद गरीएको बताएको छ ।

भरुवा बन्दुक साथमा लिई हिंडेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी ढाकावाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।साथै यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close