जिल्ला सुरक्षा समिति अर्घाखाँचीद्वारा डेंगी रोगथाम लागि सचेतना कार्यक्रम

अर्घाखाँची ।जिल्ला सुरक्षा समिति अर्घाखाँचीद्वारा डेंगी रोगथाम तथा नियन्त्रणका लागी सरोकार वाला संग जन चेतना मुलक सास्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाले चाडबाड नजिकिए संगै डेंगी संक्रमणको जोखिम झन बढ्ने भएकाले यसको रोकथामको लागि सबै सचेत हुनु कुरामा जोड दिनुभएको छ ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइराला को प्रमुख अतिथ्यता, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे को अध्यक्षता प्रहरी निरिक्षक अर्जुन पौडेलको सन्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा स्थानिय सरकारका प्रमुख उपप्रमुखहरु प्रमुख प्रशासकीय अधिकृतहरु, सुरक्षा निकाएका प्रमुखहरु ,कार्यलय प्रमुख ,विभिन्न राजनितिक दलका प्रमुख लगायतको उपस्थिति रहेको थियोे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close