अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा सन्धिखर्कमा सम्पन्न(फोटो फिचर सहित)

सागर महत ,अर्घाखाँची । अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा सम्पन्न भएको छ ।आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि कुल १५ सय १९ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये सरकारले स्थानीय निर्वाचनमा खटिएका पूर्व म्यादी प्रहरीलाई प्राथमिकता दिने भने बमोजिम शारीरिक कटाएका करिब ३ सय ८० जना अन्तर्वार्ताको लागि छनोट भएका छन् ।

अन्य शारीरिक कटाएका ८ सय ७५ जनाले भने परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लामा म्यादी प्रहरीको माग १ हजार १ रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल लगायतले परीक्षाको अनुगमन गरेका थिए । लिखित परीक्षाको लागि ३० मिनेटको समय छुट्टाइएको थियो ।

टुँडिखेलमैदानमा लामबद्ध भएर परीक्षा दिइरहेका परीक्षार्थीहरुलाई हेर्न सर्वसाधरणको समेत घुइँचो लागेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close