नेकपा एमाले मालारानी गाउँपालिकाको बैठक सम्पन्न
अर्घाखाँची ।नेकपा एमाले अर्घाखाँचीले चुनाव केन्द्रीत बैठक मालारानी गाउँपालिमा सम्पन्न भएको छ । बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश (क)का उम्मेदवार चेतनारायण आचार्य ,केन्दिय सल्लाहकार परिषद सदस्य लक्ष्मण रायमाझी ,लुम्बिनी प्रदेश कमिटी सदस्य जनार्दन खनाल,प्रदेश कमिटी सदस्य दलबहादुर भट्टराई,जिल्ला सचिव तोजबहादुर रायमाझी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम मालारानी गाउँपालिका अध्यक्ष सालिकराम आर्चायको अध्यक्षता,सचिव नारायण अर्यालको सञ्चालन तथा उपाध्यक्ष विष्णु प्रसाद मिश्र स्वागत मन्तव्यमा बैठक सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !