अर्घाखाँचीमा ६७ औं प्रहरी दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

सन्धिखर्क ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले ६७ औं प्रहरी दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।कार्यक्रममा अमर प्रहरीका परिवारलाई दोसल्ला र पुर्व प्रहरी कर्मचारी हरुलाई खादा द्वारा सम्मान , उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु सम्मान , विविध खेलकुद प्रतियोगितामा बिजेता खेलाडीहरु लाई पुरस्कार प्रदान र प्रहरी चौकी लाई जग्गा उपलब्ध गराउने जग्गा दाता लाई सम्मान गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , उपप्रमुख मिश्रा आचार्य ,जिल्ला स्थित शुरक्षा निकायका प्रमुख , जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेकि अध्यक्षता निमित्त प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाद घिमिरेको स्वागत मन्तव्य तथा प्रहरी निरीक्षक अर्जुन पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close