अर्घाखाँचीमा बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

सागर महत,अर्घाखाँची । अर्घाखाँचीमा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् ।

शितगंगा नगरपालिका– ६ जुकेनाका शालिकराम थापाले स्थानीय ९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका थिए ।

थापालाई २०६९ कार्तिक २६ गते हाडनातामा जबरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ वर्ष कैद सजाय सुनाएको थियो ।जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त थापालाई १० वर्षपछि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । शितगंगा नगरपालिकाको वडा नम्बर ४ चाक्लामा लुकी छिपी बेसेको अवस्थामा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी निरीक्षक होमनाथ रेग्मी सहितको टोलीले पक्राउ गरेको प्रहरीको भनाइ छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close