अबको विकास आम समुदायमा पुग्ने हुने छः पुष्पा भुसाल

सन्धिखर्क ।अर्घाखाँची संयुक्त गठबन्धनको चुनावी भेटघाट कार्यक्रम मालारानी गाउँपालिकाका विभिन्न वडा मा सम्पन्न्न भएको छ ।कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएकी
पुष्पा भुसालले अबको निर्वाचन भनेको संविधानको रक्षा गरि विकासको लक्ष्य आम समुदायमा पुग्ने बताउनुभएको छ ।यस्तै राष्ट्रिय बजेटको सहि सदुपयोग गरि बढी भन्दा बढी बजेट भित्राएर जिल्ला तथा गाउँको विकासमा लाग्नेमा कुनै कमजोरी नराख्ने बताउनुभयो । मुख्तय आर्थिक समृद्वीको विकास गरि बढी भन्दा बढी नागरिक समावेश गर्ने भुसालले बताउनुभयो ।
यस्तै अर्घाखाँची प्रदेश (क) गठबन्धनका उम्मेदवार सागर केसीले पैसा कमाउन रहर हुनेले राजनिती गर्न नहुने बताउनुभयो । राजनितिक बेइमानि नचल्ने बताउनुभयो ।जनताहरुलाई कुनै भ्रम र लोभमा नपरी जिल्ला बिकास गर्ने कुरामा जोड दिनुभयो ।कार्यक्रममा विभिन्न गठबन्धनमा आबद्व नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close