सन्धिखर्कमा छाडा कुकुरको बन्ध्याकरण अभियान सुरु

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको छ ।बजार क्षेत्रमा छाडा कुकुरको विगविगी बढेपछि नियन्त्रण गर्न अभियान सुरु गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभएको हो । बिहान(रातिको समयमा हिड्ने मानिस, पशुचौपायलाई छाडा कुकुरले जथाभावी टोक्ने र सडकमा दुर्घटना गराउने जोखिम बढेकाले पनि पहिलो चरणको शिविरबाट १ सय २० कुकुरको बन्धाकरण गर्न शिविर संचालन गरिएको उहाँले बताउनुभयो ।

सोही अभियानलाई सफल बनाउनको लागि ५ वर्ष भित्रमा नगरपालिकाभित्र रहेका १२ वटा वडामा रहेका सम्पूर्ण कुकुरलाई बन्धाकरण तथा रेबिज विरुद्वको म्याक्सिनेसन लगाउने प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिको वडा नम्बर २ मा रहेको बधशाला भवनमा संचालन गरिएको शिविर ३ दिनसम्म चल्ने भएको छ । बन्ध्याकरण शिविरमा कुकुरको खानाको नगरपालिकाले नै व्यवस्था गरेको छ ।

शिविरमा आर्थिक सहयोग नगरपालिकाले गरेको छ । प्राविधिक सहयोग वातावरण तथा सामाजिक रुपान्तरण लागि युवा नामक संस्था रुपन्देहीले गरेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close