छत्रदेवको एजेण्डा कृषि र पर्यटनको विकास गरि आर्थिक समृद्धि गर्नु अहिलेको आवश्यकता होः पुष्पा भुसाल

सन्धिखर्क । नेपाली कांग्रेसका नेता तथा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा पदका उम्मेदवार पुष्पा भुसालले छत्रदेव गाउँपालिकाको
पर्यटकीय तथा धार्मिक स्थलको विकासका लागि पहल गर्ने बताउनु भएको छ ।पुर्ब उपसभामुख समेत रहनु भएकि भुसालले छत्रमहाराज मन्दिर, बलकोट पौवा, ताराखसे मन्दिर, ठुलापोखराको मालिका मन्दिर लगायतका पर्यटकीय स्थलको विकास तथा प्रचारप्रसार गरेर पर्यटक भित्र्याउने उदेश्य आफुको रहेको बताउनुभयो ।उहाँले चौवाटार सिंचाइ योजना लाई पूरा गरि ब्यबसायिक कृषि र पशुपालनलाई वैज्ञानिक करण गरि आर्थिक स्वरोजगार बनाउने बताउनु भएको छ ।छत्रदेव गाउँपालिकाको छत्रगञ्ज, ठुलापोखरा, अर्घातोष लगायतका स्थानमा चुनावी प्रचारप्रसार तथा कोणसभालाई सम्बोधन गर्दै नेतृ भुसालले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता मान बहादुर बिश्वकर्मा, रेवती प्रसाद भुसाल, जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा माओवादिका केन्द्रीय सदस्य ठाकुर कुमार बिक, गठबन्धनको तर्फबाट प्रदेश सभा (क) का उम्मेदवार सागर केसी, नेकपा माओवादीका प्रदेश सदस्य रामलाल पराजुली, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, नेपाली कांग्रेसका प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल, कांग्रेसका महाधिवेशन प्रतिनिधि लेखनाथ पोख्रेल, जिल्ला सहसचिव मेघराज पाण्डे, राजमोका नेता पशुपति ढकाल लगायतले मन्तब्य राख्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close