रुपन्देहीमा निर्वाचन आचारसंहितामा कडाई हुन्छः कोईराला

बुटवल।रुपन्देहीमा निर्वाचन आचारसंहिता पूर्णरुपमा लागू गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रुपन्देहीमा रहेका बिभिन्न राजनितिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाउँदै कही कतै उल्लधन भएका कारवाहीको भागीदार हुने बताएका छन् ।
आईतवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले भैरहवामा आयोजना गरेको शान्त, स्वच्छ र निष्पक्षको लागि हाम्रो अभियान विषेयक साक्षात्कारमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै रुपन्देहीका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस कृष्ण कोईरालाले जिल्लामा आचारसंहिताका उजुरी खासै ठूला नआएको र सामान्य किसिमका आएकाले दलहरुलाई बोलाएर सम्वादका मार्फत सुल्झाएको वताए । उनले पहिले हुने निर्वाचनमा लागू भएका आचारसंहिताका बुँदाहरुलाई दलहरुले कार्यान्वयन गरेको तर नयाँ थप भएका केही बुँदाहरुलाई पालना नगरेको पाईएपछि दलका प्रमुखहरुलाई ध्यानाकर्षण गराएको जनाए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निर्वाचनलाई भयरहित बनाउनका लागि जिल्लामा चारै तहका सुरक्षा निकायहरुलाई सतर्क बनाएको उल्लेख गर्दै,आगामी निर्वाचनलाई बहिष्कार गर्न घोषणा गरेका दलहरुको प्रभाव जिल्लामा शुन्य पार्ने भएकाले ढुक्क भएर मतदान गर्न आह्वान गरे । प्रमुख जिल्ला अधिकारी पाण्डेले रुपन्देहीमा १ हजार ७ सय जनपथ प्रहरी, सशस्त्र प्रहरी ८ सय ८८, म्यादी प्रहरी १ हजार ३ सय ९५, ८ हजारभन्दावढि कर्मचारी र सेनालाई आवश्यकता अनुसार प्रयोग गरिने जानकारी गराए ।
जिल्लामा २ सय १३ मतदान स्थल, ७ सय ६ बुथ केन्द्र तोकिएको छ । जिल्लाको दक्षिण तर्फको नेपाल भारत सिमा नाकालाई उच्च सतर्कता अपनाउँदै भारतीय सुरक्षा प्रमुखहरुसंग बैठक वसेर दुबै देशका सुरक्षाकर्मीहरुले सयुक्त गस्ती गर्नेगरी मंसिर १ गतेदेखि ४ गतेसम्म सिमा नाका बन्द गर्ने निर्णय भएको बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई आफ्नो पार्टीले विशेष ध्यान बताउँदै हालसम्म आचारसंहिता पूर्णरुपमा पालना गरेको दावी गरे । उनले आफ्नो पार्टीले नगर, क्षेत्र हुँदै टोलसम्म कहिकतै त्रृटि नगर्नको लागि निर्देशन दिएको बताए । उनले केही कमजोरी भएका सम्बन्धित निकायलाई सुझाव दिन आग्रह गर्र्दै कारवाही गर्ने निकायले दलहरु आग्रह पुर्वआग्रह गरेर कारवाही गर्न नहुने माग राखे । कार्यक्रमा नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला सदस्य फैज अहमद खाँनले सत्ता गठबन्धन दलहरु निर्वाचन आचार संहिता लागु पर्नेमा पटक पटक छलफल भएको कुनै शंका गर्न नहुने बताए ।उनले गठबन्धन दलहरु लागु गर्नको लागि प्रतिवद्ध रहेको जिकिर गरे । कार्यक्रम लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्री अध्यक्षता र तेजेन्द्र के सी को संचालन सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close