अर्घाखाँची प्रतिनिधिसभामा पुष्पा भुसाल र टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा

सागर महत ,अर्घाखाँची ।अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनकोतर्फबाट कांग्रेस केन्द्रीय सदस्य तथा उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा हुनेभएको छ ।

२०७४ सालको निर्वाचनमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकोतर्फबाट निर्वाचित रायमाझी र कांग्रेसबाट समानुपातिक सांसद बन्नुभएकी भुसाल पहिलो पटक संघको निर्वाचनमा प्रतिस्पर्धामा हुनुहुन्छ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदका लागि अर्घाखाँचीबाट विभिन्न दल र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दिएका छन् । संघ र प्रदेशमा गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारबाट कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतम र नेकपा एमालेबाट सचिव टोपबहादुर रायमाझी प्रतिस्पर्धामा हुनुहुन्छ । २०६४ सालको संविधान सभाको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर २ बाट जित्नु भएकी भुसाल यसपाली अर्घाखाँचीमा एक मात्र निर्वाचन क्षेत्र भएपछि पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

२०७४ सालको निर्वाचनमा समानुपातिक सांसद बन्नुभएकी भुसालले राजनीतिक पार्टीको भूमिकामा परिवर्तन हुने खालको रूपान्तरण र हरेक समुदायको नेतृत्वमा जोड दिएमा मात्र विकास र सम्वृद्धि ल्याउन सकिने बताउनुभयो । ३ पटकसम्म प्रतिनिधिसभामा निर्वाचित नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी नेकपा माओवादी केन्द्रबाट २०६४, २०७० र २०७४ सालको निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा गठबन्धनबाट निर्वाचित हुनुभएको थियो । अहिले नेकपा एमालेमा रहेका रायमाझीले पुराना अधुरा काम पूरा गर्न र विभिन्न विकासका एजेण्डाका साथ उम्मेदवारी दिएको बताउनुभएको छ ।

नेतृत्वको हिसाबले भुसाल उपसभामुख बन्नुभएको छ भने रायमाझी उपप्रधानमन्त्री समेत बन्नुभएको छ ।कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकिकृत समाजवादी सहितको गठबन्धन ५ हजार ५ सय ४३ मतले अगाडी छ । अर्घाखाँचीमा प्रतिनिधीसभामा भुषाल र रायमाझी सहित ९ जना पनि प्रतिस्पर्धामा छन् ।

यता २ वटा प्रदेश सभामा पनि मुख्यतया गठबन्धन र एमाले बिच प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनबाट प्रदेश सभा (क)मा राष्ट्रिय जनमोर्चाका सागर केसी र प्रदेश सभा (ख)मा कांग्रेसका कमल प्रसाद भुषाल चुनावी मैदानमा हुनुहुन्छ । नेकपा एमालेको तर्फबाट प्रदेश सभा (क) मा चेतनारायण आचार्य र (ख) मा रामजी प्रसाद घिमिरे रहनुभएको छ । दुबै जना २०७४को निर्वाचनमा गठबन्धनबाट निर्वाचीत हुनुहुन्छ । १ लाख ६४ हजार ७सय ७८ मतदाता रहेको जिल्लामा चुनाव निकै प्रतिस्पर्धा हुने भएकाले चुनावमा कसले बाजी मार्ला भन्ने विषयमा मंसिर ४ नै कुर्नु पर्ने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close