सन्धिखर्क नगरपालिकाद्वारा किसानलाई अनुदानमा च्याउको बिउ र मल वितरण

सागर महत,अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरका किसानहरुलाई अनुदानमा कन्ये च्याउको बिउ तथा मल वितरण गरेको छ ।
नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार किसानलाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा कन्ये च्याउको बिउ तथा मल वितरण गरेको नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।नगरभित्रका १ सय ६३ समूह तथा सहकारी मार्फत करिब ४ सय किसानलाई कृषिमा व्यवसायीकरण, आधुनिकिकरण र यान्त्रिकरणको विकाश गर्न, किसानलाई आर्थिक समृद्धिको पहुँचमा पुर्याउन कार्यक्रम संचालन गरिएको पालिकाले जनाएको छ ।
कमेन्ट गर्नुहोस !