ओलीको नेतृत्वमा सरकार बनाउन कसरत

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले नयाँ सरकार गठनको तयारी गरिरहँदा नेकपा एमालेले पनि आफ्नो तर्फबाट पहल थालेको छ ।

प्रत्यक्ष तथा समानुपातिकको मतगणना अन्तिम चरणमा आइपुग्दा एमालेले पनि आफ्नो सिट आंकलन गर्दै सरकार गठनको कसरत थालेको हो ।

एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिकतर्फ ३५ देखि ३६ सिट प्राप्त भए आफ्नो नेतृत्वमा सरकार बनाउन प्रयास थाल्ने सो पार्टीका नेताहरूले जनाएका छन् ।

एमालेले नेकपा एकीकृत समाजवादी ९नेकपा एस० बाहेकका पार्टीलाई मिलाएर सरकार बनाउने सम्भावना रहेको बताइएको छ । आफूहरूको नेतृत्व स्वीकार गरेर माओवादी केन्द्र आउन चाहे ढोका खुला राखेर छलफल थाल्ने पनि एमाले नेताहरूले बताएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close