प्युठानमा ३५ जना जन्ती बिरामी

सागर महत /अर्घाखाँची ।
प्युठानमा विवाहको भोज खाएका जन्ती बिरामी परेका छन् ।प्युठान नगरपालिका वडा नम्बर ६का एउटै गाउँका ३५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी सुशील थापामगरले जानकारी दिनुभयो । पाल्पाको एक बिहेभोजमा सहभागी भएर घर फर्किएका उनीहरु बिरामी परेका हुन ।
उनीहरुमा ज्वरो, पखाला र बान्ता लगायतका समस्या देखिएपछि सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवारमा एम्बुलेन्सबाट लिएर उपचार भैरहेको बताउनुभयो ।अहिले उनीहरुको स्वास्थ्य चिन्ताजनक नरहेको समेत सुचना अधिकारी थापामगरले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस !