श्रीमतीको हत्या गरेर टाउको बोकेर भाग्दै गरेका श्रीमान पक्राउ

सुर्खेत।सुर्खेतमा श्रीमतीको टाउको काटेर प्लाष्टिकको झोलामा बोकेर भाग्दै गरेका श्रीमान पक्राउ परेका छन् । सुर्खेत पञ्चपुरी नगरपालिका–३ स्थित तोक्मा घर भएका ३८ वर्षीया अमरबहादुर आले मगर श्रीमतीको हत्या गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

हत्यापछि मगर श्रीमतीको टाउको प्लास्टिक झोलामा पोको बनाएर भागेका थिए । ३० वर्षीया मिना आले मगरलाई हँसिया प्रहार गरेर घाँटी काटेर हत्या गरेर भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

टाउको प्लास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मगर एक वर्षअघि मात्र बैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनीहरुका एक छोरा र एक छोरी छन् ।

श्रोतःnayapatrikadaily

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close