अर्घाखाँचीको छत्रदेवमा श्रीमतीद्वारा श्रीमानको हत्या

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा श्रीमतिले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका तुमचौरकी की लक्ष्मी नेपालीले ७७ वर्षिय श्रीमान् बलबहादुर नेपालीको हत्या गरेकीहुन् । छिमेकीको बर्खिमा मा सहभागी दुबै जनाले मंसिर २४ गते साझँ मदिरा सेवन गरेर घर फर्किएका श्रीमान र श्रीमति बिच घरासी बिवाद हुँदा श्रिमान बल बहादुर सार्कीले श्रीमतीलाई कुटपिट गरेको र सोही रिसले श्रीमती लक्ष्मी नेपालीले आफुले कम्मरमा बाँधको पटुका निकाली श्रीमानको घाँटीमा पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुण्डाई हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे जानकारी दिनुभयो ।
२५ गते प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वको टोलीले घटना स्थलमा पुगी अनुसन्धान गर्दा लक्ष्मीले पासोबाट लाश निकाली भुईमा राखी पटुका आफ्नो कम्मरमा बाँधी आफुलाई श्रीमानले कुटपिट गरेको भन्दै छिमेकी गोविन्द बहादुर नेपालीको घरमा गएर गुहार मागेकी अनुसन्धानमा खुलेको छ ।
लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको प्रहरी निरीक्षक घिमिरे जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !