लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीबाट आज सञ्चालनमा आउदै

दाङ ।दाङको देउखुरीमा मंसिर आज राष्ट्रिय झण्डा उत्तोलन गरि औपचारिक रूपमा लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट कार्य सञ्चालन तथा उद्घाटन गर्न लागिएको छ ।२०७७ असोज २० गते लुम्बिनी प्रदेश सभाको दुईतिहाई बहुमतद्वारा नाम र स्थान पारित भए सँगै हालका मुख्यमन्त्री कुलप्रसाद केसीको पहलमा अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायत केही महत्त्वपूर्ण मन्त्रालयहरू स्थायी राजधानीमा आइसकेको र केही मन्त्रालयहरू आउने क्रममै रहेकोले प्रदेश राजधानीलाई आज मध्यान्ह १२ बजे हालको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय रहेको स्थान तथा साविक राप्ती प्राविधिक शिक्षालय भित्र प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय झण्डा फहराएर प्रदेश सरकारको कार्य सञ्चालन तथा उद्घाटन गर्न लागिएको हो ।

कार्यक्रममा विभिन्न जातजातिको झाँकी सहित एक भव्य समारोहका बीच राजधानीको कार्य सञ्चालन तथा उद्घाटन गर्न लागिएको स्रोतले बताएको छ । स्थायी राजधानीबाट कार्य सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण मुल समिति सहित विभिन्न उपसमितिहरू गठन गरेर कार्यक्रमको तयारीलाई तिव्र बनाएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close