जापानमा बच्चा पाउने दम्पतीलाई ६ लाख पुरस्कार

टोकियो । जपानमा बच्चा पाउने दम्पतीलाई ६ लाख पुरस्कार घोषणा गरिएको छ । जापानमा युवा पुस्ताको संख्या लगातार घटिरहेकाले त्यहाँको सरकारले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएको थियो । सरकारले मानिसहरूलाई सन्तान उत्पादन गर्नका लागि प्रेरणा दिन सबै किसिमका कार्यक्रम ल्याएको हो ।

जापान टुडे पत्रिकाका अनुसार, सरकारले बच्चा जन्माउनका लागि दिइने सहयोग राशि बढाउने भएको छ । स्वास्थ्यमन्त्री काचुनोबु कातोले प्रधानमन्त्री फुमिओ किशिदासँग भेटेर सहयोग राशि थप ७६ हजार रुपैयाँ बढाउन प्रस्ताव गर्नुभएको हो । थपिएको राशि जोड्दा लगभग ६ लाख रुपैयाँ हुन पुग्छ । सन् २०२३ देखि नयाँ पुरस्कार राशि लागू गरिनेछ ।

सरकारको आँकडाअनुसार, सन् २०२१ मा जापानको इतिहासमै सबभन्दा कम बच्चा जन्मेका थिए । घट्दो जनसंख्याको डरलाई त्यस आँकडाले थप बढाएको छ । रोयटर्स समाचार संस्थाको रिपोर्टमा उल्लेख भएअनुसार, सन् २०२१ मा आठ लाख ११ हजार ६०४ बच्चा जन्मेकोमा मृत्यु हुने व्यक्तिको संख्या १४ लाखभन्दा जापान सरकारले घरजम गर्न इच्छुक जोडीलाई ६ लाख दिने घोषणा गरेको छ । एजेन्सी ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close