पत्रकार महासंघ अर्घाखाँची शाखाको १५औं बार्षिक साधरण सभा सन्धिखर्कमा सम्पन्न

सन्धिखर्क ।नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको १५औं बार्षिक साधरण सभा सन्धिखर्कमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्ने बक्ताले खोज पत्रकारीता अहिलेको आवश्यकता भएको बताएका थिए।पत्रकारीता पेशाले हरेक नागरिकको आवाजलाई बोल्ने भएकाले सत्य तथ्यमा आधारित रहेर नागरिकमा सही सुचना प्रभा गर्न आग्रह गरेका हुन ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पत्रकार महासंघकि केन्द्रिय सदस्य राधा नेपाली,जिल्ला समन्वयका प्रमुख जिवनारायण कोइराला ,सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरे,नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान )नेकपा एमालेका जिल्ला सहसचिव सम्भु पोखरेल, नेकपा माओवादी केन्द्रका सन्धिखर्क नगरपालिका इन्चार्ज कृष्णहरि भुसाल ,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी,राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल,एकिकृत समाजवादीका सहसचिव युवराज पौडे्ल,
पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी,पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्षहरु निमबहादुर रिजाल, सोभाखर पन्थी,हिम जिसी (लेकाली) लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता ,उपाध्यक्ष वीरेन्द्र केसीको स्वागत मन्तव्य,सचिव बिनोद गैरेको संचालनमा सम्पन्न भएको थियो । यता कोषाध्यक्ष रुन्द्रमणि भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बन्द सत्रमा महासंघले जिल्लामा संचालीत मिडियाको तथ्याङ संकलन गर्ने,निर्माणाधिन भवन सम्पन्न गर्न पहल गर्ने,सदस्य सृदृढीकरणको पहल गरि नयाँ सदस्य थप गर्नको लागि मापदण्ड तय गर्ने,पत्रकार पुरस्कारको लागि कोष स्थापना गर्ने लगायतका निर्णय पनि गरेको छ ।
कमेन्ट गर्नुहोस !