बुटवलमा केटा जिस्काएर पक्राउ परेका ७ जनालाई रिहा गर्न, तेस्रो लिङ्गीहरुको माग

बुटवल । रुपन्देहीबाट ७ जना महिला पक्राउ परेका छन् ।बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर केटाहरुलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरेको भन्दै तेस्रो लिंगी सम्बद्ध संघसंस्थाहरु विरोधमा उत्रिएका छन् । बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले तेस्रो लिङ्गीहरुलाई स्थानीय बासिन्दाबाट कुटपिट भएपनि प्रहरीले तेस्रोलिङ्गीहरुलाई नै पक्राउ गरेको भन्दै विरोधमा उत्रिएका हुन् ।होटल व्यवसायीहरुले यदि कुनै पनि बाहनामा आफ्ना निर्दोष साथीहरु न्यायका लागि सहयोग नगरे होटल व्यवसायीले गर्ने भनेको सडक खाना महोत्सवलाई असफल बनाउन देशभरका तेस्रो लिङ्गी बुटवलमा बोलाउने चेतावनी दिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा प्रहरीकै अगाडि प्रहरीको लौरो खोसेर स्थानीय केही महिलाले तेस्रोलिङ्गीमाथि निर्घात कुटपिट हुँदासमेत प्रहरी मुखदर्शक भएर बसेको उनीहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close