पाडोले बाली खाएको निहुँमा कुटदा एक जनाको मृत्यु

काठमाण्डौं ।सिराहामा भैँसीको पाडोले बाली खाएको निहुँमा कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ ।मिर्चैया नगरपालिका– ३ बलुवाटोलमा आफ्नै देवर रामदेव यादवको कुटपिटबाट गम्भीर घाइते भएकी भाउजु ४५ वर्षीया मनतुतदेवी यादवको बुधबार उपचारको क्रममा बेलुका मृत्यु भएको हो।

घरनजिकैको बारीमा भैँसी चराउन गएकी यादवलाई पाडोले आफ्नो बाली खाएको भन्दै घर फर्किएपछि बुधबार साँझ देवर रामदेवले निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले जानकारी दिएको प्रहरीले जनाएको छ। कुटपिटपछि रामदेव फरार छन । उनको खजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताउनुभयो

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close