गुल्मीमा वनभोज खान गएका युवामाथी आक्रमण

अर्घाखाँची ।गुल्मीको पुर्कोटदहमा एक युवामाथी आक्रमण भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा ६ का १८ वर्षीय सन्तोष कुँवरमाथि आक्रमण भएको हो।स्थानीय कन्के देउरालीमा वनभोज खान गएका मदाने– ६ कै ३३ वर्षीय रमेश परियारले कुवरलाई आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

वनभोज खाने क्रममा विवाद हुँदा कुँवरमाथि रमेशले आक्रमण गर्दा कुवरको दाइने हातमा ठूलो चोट लागेको छ । उनलाई उपचारको लागि अर्घाखाँची अस्पताल ल्याईएको छ ।प्रहरीले परियार र प्युठान झिमरुक गाउँपलिका– ४ बाङेसालका १८ वर्षीय प्रशान्त परियारलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close