अर्घाखाँचीमा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु

सागर महत ,अर्घाखाँची ।अर्घाखाँचीमा ढुंगाले लागेर एक मजदुरको मृत्यु भएको छ ।सन्धिखर्क नगरपालिका ११ जोगिमारेका ६२ बर्षिय ओम प्रकाश थापाको काम गर्ने क्रममा उछिट्टिएको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मालारानी गाउपालिका २ को झोलुङ्गे पुलको काम गर्ने क्रममा ढुङ्गा उछिट्टिएर टाउकोमा चोट लागेको थियो ।

चोट लागे पछि घाइते भएका मजदुर थापाको उपचारका क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी कृष्ण प्रसाद घिमिरेले बताउनुभयो ।शव पोस्टमार्टको लागि अर्घाखाँची अस्पतालमा राखिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close