पाल्पामा बस दुर्घटना ६ जनाको मृत्यु

बुटवल । रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तरगत पाल्पाको रैनादेवी छहरा गाउपालिका वडा नं ८ खुर्सानेमा भएको यात्रुबाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गएको उक्त बस खुर्साने पुग्नै लाग्दा मधुवन टारीफांट नजिकै राहादी गैरा भन्ने स्थानमा दुर्घटनामा परेको वडा अध्यक्ष रेम बहादुर रानाले बताउनुभयो।वडा अध्यक्ष रानाका अनुसार मृतकहरु सबै रैनादेवी छहरा गाउपालिका वडा नं ८ खुर्सानेका हुन्।ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको मृत्यु भएको हो।

दर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको मृत्यु भएको वडा अध्यक्ष रानाले जानकारी दिनुभयो । मृतक एकजनाको पहिचान भएको छैन ।रातको समयमा जंगल क्षेत्रमा दुर्घटना भएका कारण समयमा उद्धार हुन नसकेको बताइएको छ ।१८ जना घाईतेहरुलाई उपचारका लागि बुटवल पठाईएको छ। दुर्घटनामा परेको उक्त बस सडकबाट ५० मिटर तल अप्ठेरो भिरमा खसेको र रातको समय भएकोले क्षतीको एकिन बिवरण पाउन नसकिएको उहाँले बताउनुभयो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close