पाणिनी गाउँपालिकामा बजार अनुगमन,दर्ता नगरेका पसललाई दर्ता गर्न निर्देशन

सन्धिखर्क ।अर्घाखाँचीको जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको संयुतm आयोजना पाणिनी गाउँपालिकाको दुर्गाफाटमा करिब १५ वटा बिभिन्न पसलको अनुगमन गरिएको छ ।अनुगमनमा अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य , घरेलु तथा साना उद्योगका प्रमुख सन्तोष खनाल , पाली प्रहरी चौकीका प्रतिनिधि बिष्णुहरी परियार ,पाणिनी गाउँपालिकाका प्रतिनिधि श्याम बहादुर खनाल , नेपाल पत्रकार महासघंका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल घरेलुका कर्मचारी अरुणकुमार सिहं, सन्तोष पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

अनुगमनमा होटल , फेन्सी,हाडवर्यर , किराना लगायताका पसलको अनुगमन गरिएको हो । यस्तै दर्ता बिना संचालनमा रहेका पसललाई १५ दिनभित्र सम्बन्धित कार्यालयमा गईदर्ता गर्न र निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close