बल्देधुरी बागलुङ घटनामा सङ्लग्न १६ जनालाई जन्मकैदको फैसला

डम्मर बुढा मगर ,बागलुङ । जिल्ला अदालत बागलुङले १६ जनालाई जन्मदैकको फैसला सुनाएको छ । दुई वर्ष अगाडि होली खेल्ने क्रममा बल्देधुरीमा भएको झडपपछि भिरबाट खसालेर मारिएका दुई युवाको हत्या आरोपमा बागलुङको बडिगाड गाउँपालिकाका १६ जना युवालाई जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला अदालत बागलुङको आदेशले ती युवाहरु जन्मकैदमा परेका हुन् । जिल्ला न्यायाधिस डा. दिवाकर भट्टको एकल इजलासले अभियोग लागेर पुर्पक्षमा परेका सबै युवालाई जेलको फैसला सुनाइएको हो । घटनामा संलग्न एक बालकलाई भने सुधार गृह पठाइने भएको छ ।

२०७७ सालको चैत १५ गते होलीको दिन बडिगाडको वडा नम्बर १० सहित छिमेकी जिल्ला गुल्मी र प्युठानको सिमानामा रहेको बल्देधुरीमा मेला लागेको थियो । स्वतस्फूर्त रुपमा लाग्ने मेलामा रमाउन गएका युवाहरुबीच अभिर लगाएको बिषयमा बिबादसFगै झडप हुँदा उक्त घटना भएको हो ।

घटनामा बागलुङको निसीखोला गाउँपालिका वडा नं. ७ का प्रकाश कुँवर र दिपक परियारको मृत्यु भएको थियो ।

बडिगाड गाउँपालिका वडा नं. १० का युवाहरुले कुटपिट गरेपछि भीरबाट खसालेर हत्या गरिएको आरोप लागेको थियो । घटनापछि प्रहरी अनुसन्धानमा पनि सोही कुरा खुलेको बताइएको थियो ।

घटनामा संलग्न भएको आरोपमा बडिगाड गाउँपालिका वडा नम्बर १० का १८ जना युवाहरु पक्राउ परेका थिए । पक्राउ परेकामध्ये १५ जनालाई जन्मकैद भएको हो । दुई जना तारेखमा छुटेका थिए । एक जना उच्च अदालतको आदेश र अर्का सर्बोच्चको आदेशमा छुटेका थिए ।

आदेश मानेर पुर्पक्षमा बसेका सबैलाई अदालतले जन्मकैदको फैसला गरेको हो । मुलुकी फौजदारी संहिताको दफा १७७ (२) अनुसार उनीहरुलाई जन्मकैद फैसला भएको हो ।

जन्मकैद सजाय अनुसार उनीहरु सबैलाई २५ बर्ष कैद हुनेछ । घटना हुँदाका दिन १८ बर्ष नपुगेका एक बालकलाई भने सुधार गृह पठाइने भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close