आजबाट मलमास सुरु ,मलमासमा के गर्न हुन्छ, के हुँदैन पुरा विवरण हेर्नुहोस

हिन्दू परम्परानुसार मलमास सुरु भएको छ । मलमासकको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु भएको मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । यो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ ।
एक चान्द्रमासभरि कुनै पनि शुभकर्म गर्न नमिल्नेगरि सुरु भएको पुरुषोत्तम मासकै कारण यस वर्षको दशैं–तिहार पछि सरेको छ भने सोह्रश्राद्ध केही अघि सरेको छ ।
गर्न हुने कुरा
–नित्य कर्म
–नियमित गरिँदै आएको व्रत
–निस्काम भावले गरिने बिहानी सत्संग
–विष्णुको स्तुति र कीर्तन
–न्वारन, पास्नी
–दैनिक उपभोग्य सामग्री खरिद
गर्न नहुने कुरा
–कुनै पनि काम्य गर्म गर्न हुँदैन
–मुहूर्त जुराएर गर्ने काम केही पनि गर्न हुँदैन
–गृह प्रवेश
–नयाँ तीर्थको यात्रा गर्न
–नयाँ व्यवसाय सुरु गर्न
–नयाँ व्रतको सुरुवात गर्न हुँदैन
–नयाँ संरचना निर्माणको थालनी
कमेन्ट गर्नुहोस !