नेपालमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम,कति पुग्यो तोलाको ?

काठमाडौं, माघ १० । सुनको भाउ बढेको छ। सोमबार तोलाको १ लाख ५ हजार ३ सयमा कारोबार भएको भएको छापावाल सुन आज तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।तेजाबी सुनको भाउ पनि आज तोलामा १ हजार रुपैयाँले नै बढेर प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ भने घटेको छ। सोमबार १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ३ सय ६५ मा कारोबार भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ९१ हजार १ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ९० हजार ७ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँ कायम गरेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close