अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी घिमिरेलाई बिदाई

सन्धिखर्क ।निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, जिल्ला कार्य समिति, अर्घाखाँचीले अर्घाखाँचीबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको एक समारोहका बीच बिदाई सम्पन्न गरेको छ । करिब ११ महिना अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरि गृहमन्त्रालयको माघ ६ गतेको सरुवामा स्याङ्जा जिल्लामा प्रमुख जिल्ला अधिकारीकै रुपमा सरुवा भएका घिमिरे हालसम्मकै उत्कृष्ट प्रमुख जिल्ला अधिकारी भएको जिल्लावासीको भोगाई भएको कार्यक्रम बोल्ने वक्ताहरुले बताए हुन ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले “कलियुगे समूहेषु बलं भवति“ भन्दै सेवा प्रवाह र सुदृढीकरणको सामुहिक सौदावाजीकोलागि ट्रेड युनियन आवश्यक छ भन्दै जिल्लामा रहँदा बस्दा आफूलाई सफल गराउनमा सम्पूर्ण कर्मचारीहरु र ट्रेड युनियनको भूमिका रहेको बताउनु भयो । ट्रेड युनियनहरुलाई प्रशासकहरुले हेर्ने दृष्टीकोण सकारात्मक भएको अध्यक्ष कृष्ण वर्माले बताउनुभयो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्याल, निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारी, राष्ट्रिय कर्मचारी संगठन निजामतीका जिल्ला अध्यक्ष यादव सापकोटा लगायतको सहभागीता रहेको थियो । आधिकारिक ट्रेड युनियन, उपाध्यक्ष हरि डुम्रेको संचालन, प्रमुख जिल्ला अधिकारीको शशिधर घिमिरेको प्रमुख आतिथ्यता आधिकारिक ट्रेड युनियन जिल्ला अध्यक्ष कृष्ण बर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close