सन्धिखर्कमा जारी पाँचौ महोत्सवमा बृद्ध सम्मान

सन्धिखर्क । कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सहितको पाँचौं अर्घाखाँची महोत्सवमा आज बृद्धहरुलाई सम्मान गरिएको छ ।

मेला हेर्न आएका बृद्ध बृद्धाहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।अर्घाखाँची उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा संचालित महोत्सवमा बृद्धहरुलाई चेम्बर अफ कमर्सका प्रदेश सदस्य सुकदेव वेल्वासे, अध्यक्ष अशोक श्रेष्ठ, उद्योग वाणिज्य संघका उपाध्यक्ष राम प्रसाद भुसाल, काजी श्रेष्ठ, महासचिव तुल्सीराम खनाल, लगायतले सम्मान गर्नु भएको थियो ।
आज कलाकारहरु रामजी खाड, सीता राना हास्य कलाकार माहिला बा लगायतले दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।२४ गते सम्म संचालन हुने महोत्सवमा भोली खेम सेन्चुरी लगायतका कलाकारेको पस्तुति रहने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close