सहकारीले उत्पादनसँगै व्यवसायिक क्षेत्रमा पनि कर्जा प्रवाह गर्नुपर्छः प्रदेश सभा सदस्य घिमिरे

अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले सहकारीले उत्पादनशिल क्षेत्रसँगै व्यवसायिक क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।जिल्लाको शितगंगा नगरपालिका(५ जुकेनामा रहेको सरोकार सामाजिक उद्यमी महिला सहकारि संस्थाको ७ ओैं साधारण सभा उद्घाटन गर्दै घिमिरेले सहकारीहरुले नाफासँगै सदस्य सेवा विस्तारमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो( ुसहकारीहरुले उत्पादनशिल क्षेत्रसँगै व्यवसायिक क्षेत्रमा कर्जा प्रवाह गर्नेतर्फ लाग्नुपर्नेमा साथै नाफासँगै सदस्य सेवा विस्तारमा जोड दिनुपर्छ लाग्नुपर्छ ।

उहाँले सहकारीमा आवद्ध सम्पूर्णले सहकारीको मर्म अनुसार काम गर्दै सहकारीलाई उत्कृष्ट बनाउनतर्फ लाग्न सुझाव दिनुभयो । घिमिरेले सहकारीले अति विपन्न बर्गमा पुगेर वित्तिय शिक्षाको माध्यमबाट सदस्यहरुलाई सहकारीको मुल धारमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले महिलाहरूको क्षमता बिकाश र नेतृत्वदायी भूमिकामा पुर्याउन महिला सहकारीले महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । ुयश किसिमका महिला सहकारीहरुले महिलाहरूको क्षमता बिकाश र नेतृत्वदायी भूमिकामा पुर्याउन महत्वपूर्ण भुमिका खेलेका छन् ।( घिमिरेले भन्नुभयो( यश किसिमका सहकारीलाई निरन्तरता दिन प्रदेश सरकारले सहयोग गर्छ ।ु

उहाँले सहकारीसँग भएका असल अभ्यासहरुलाई अन्य सहकारी संस्थाहरुबाट लिन र आफ्नोमा भएका असल अभ्यासहरुलाई पनि अन्य सहकारीमा दिन सञ्चालक समितिलाई आग्रह समेत गर्नुभयो ।

जुकेनामा रहेको सरोकार सामाजिक उद्यमी महिला सहकारि संस्थामा एक हजार १५५ सदस्य आबद्ध छन् । साथै, घिमिरेले आफ्नो पहलमा प्रदेश सरकारको २० लाख आर्थिक सहयोगबाट निर्माण गरिएको सहकारीको दुई तले भवनको समेत उद्घाटन गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close