सन्धिखर्कमा स्तनपान तथा जन्मदा कम तौल भएका शिशुको व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सागर महत,अर्घाखाँची ।स्वास्थ्य कार्यालय आर्घाखाँचीको आयोजनमा आज बर्थिङ सेन्टरका दक्ष प्रसुतीकर्मी र क्लिनिकल सल्लाहकार हरुलाइ स्तनपान तथा जन्मदा कम तौल भएका शिशुको व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मिना अर्यालले बर्थिङ सेन्टरका प्रसुतीकर्मीहरुको भुमिका निकै महत्वपुर्ण हुने भएकाले आगामी दिनमा पनि ग्रामीण भेग सम्ममा थप प्रभावकारी सेवा दिनको लागि तालिम निकै प्रभावकारी हुने बताउनुभयो ।आवश्यक परेको खण्डमा प्रशासनबाट हुने सहयोगमा कुनै कमी हुन नदिने बताउनुभयो ।

स्वास्थ्य कार्यालय कि कार्यालय प्रमुख पुष्पा थापा लगायतले दिएको अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले पछिल्लो समय अधिकामश वडामा बर्थिङ स्थापना हुँदा यहाँ आसपासका गाउँका महिलाले नियमित गर्भजाँच गराउन थालेका बताएका थिए ।

सुआहारा अर्घाखाँचीको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रमा संस्थाका जिल्ल्ला सिनियर अफिसर वीरबहादुर बोहोरा,स्वास्थ्य कार्यालयका खोप अधिकृत रामप्रसाद गौतम, पब्लिक हेल्थ नर्स गिता भुसाल लगायतको सहभागीता रहेको कार्यक्रम जनस्वास्थ्य निरिक्षक गणेशराज पौडे्लको संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close