एकैपटक नौ जिल्लामा महिला सिडिओको नेतृत्व

काठमाडौं, २५ माघ । एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी ९सिडिओ० खटिएका छन् । नौ जिल्लाको कमान्ड सम्हाल्ने महिला सिडिओको यो संख्या हालसम्मकै ठूलो हो । यसअघि सानो संख्यामा फाट्टफुट्ट महिला सिडिओ खटाउने गरिएकामा पहिलोपटक यति संख्यामा महिला खटाइएको छ ।

गृह मन्त्रालयका अनुसार चार जिल्लामा सहसचिव र पाँच जिल्लामा उपसचिव महिला सिडिओ खटाइएको छ । ताप्लेजुङमा गोमादेवी चेम्जोङ, धनकुटामा लीलाकुमारी केसी पाण्डे, ओखलढुंगामा प्रदर्शनी कुमारी, मनाङमा सुप्रभा खनाल ढुंगेल र अर्घाखाँचीमा मीना अर्याल महिला सिडिओ खटाइएको छ । उनीहरू सबै उपसचिव हुन् ।

धनकुटा, अर्घाखाँची र ओखलढुंगामा सहसचिवको दरबन्दी भए पनि उपसचिव सिडिओ खटाइएको छ । त्यस्तै, सुनसरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाल, बाग्लुङमा रोशनीकुमारी श्रेष्ठ र डोटीमा कल्पना श्रेष्ठ सिडिओ छन् । उनीहरू सहसचिव हुन् ।

आठ जिल्लाले पहिलोपटक महिला सिडिओ पाएको छ । ताप्लेजुङले पहिलोपटक महिला सिडिओ पाएको छ । यही १८ माघमा चेम्जोङ सिडिओ बनेर जिल्ला पुगेकी हुन् । जिल्लामा हालसम्म ४७ जना सिडिओ बनेर आइसकेका छन् । त्यसमा उनी पहिलो महिला सिडिओ हुन् । उनी यसअघि भोजपुर र सिन्धुपाल्चोकको सिडिओ थिइन् ।

धनकुटाले पनि पहिलोपटक महिला सिडिओ पाएको हो । यसअघि रामेछापमा सिडिओ भइसकेकी लीलाकुमारी केसी पाण्डे गृह मन्त्रालयले खटाएपछि अघिल्लो सोमबार धनकुटा पुगेकी हुन् ।

मनाङले पनि पहिलोपटक महिला सिडिओ पाएको छ । त्यहाँ सुभद्रा खनाल ढुंगेल सिडिओ छिन् । उनी गत १२ माघमा मनाङको सिडिओ बनेर गएकी हुन् ।

सुनसरीमा पनि पहिलोपटक महिला सिडिओ बनेर हुमकला पाण्डे पुगेकी छिन् । उनी यही १६ माघदेखि त्यहाँको सिडिओमा कार्यरत छिन् । यसअघि भक्तपुर र काभ्रेमा पनि सिडिओमा कार्यरत थिइन् । काभ्रेमा पनि सिडिओ हुने उनी पहिलो महिला थिइन् ।

सिन्धुलीले पनि पहिलोपटक महिला सिडिओ पाएको हो । त्यहाँ यही १६ माघदेखि सिडिओका रूपमा सुनिता नेपाल कार्यरत छिन् । उनी यसअघि प्युठानमा सिडिओ थिइन् । प्युठानमा पनि उनी पहिलो महिला सिडिओ थिइन् ।

सहसचिव रोशनी श्रेष्ठ बाग्लुङको सिडिओ बनेर जाँदै छिन् । यसको निर्णय गृह मन्त्रालयले आइतबार गरिसकेको छ । बाग्लुङमा हालसम्म महिला सिडिओ छैनन् । श्रेष्ठ पहिलो महिला सिडिओ बन्दै छिन् ।

अर्घाखाँचीमा पनि पहिलो महिला सिडिओ कार्यरत छिन् । अर्याल यही १२ माघदेखि सिडिओ कार्यरत छिन् । डोटीमा पनि पहिलोपटक महिला सिडिओका रूपमा कल्पना श्रेष्ठ कार्यरत छिन् । उनी गत ६ असारदेखि डोटीमा हाजिर भएकी हुन् ।

११ माघ ओखलढुंगामा सिडिओ पोस्टिङ भएकी प्रदर्शनी कुमारी पहिलोपटक सिडिओ बनेकी हुन् । जिल्लामा मधेसी समुदायबाट महिला सिडिओ हुने उनी पहिलो हुन् । उनी बाराकी हुन् । आजको नयाँ पत्रिकामा खबर प्रकाशित छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close