सुदूरपश्चिमका मुख्यमन्त्री रावतले पाएनन् विश्वासको मत

काठमाण्डौं ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत पाएनन्।

मुख्यमन्त्री रावलले बिहीबार प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव राखेका थिए। उनको प्रस्तावलाई प्रदेश सभाले अस्वीकृत गरेको छ। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएसँगै बैठक हिजोदेखि दुईपटक सर्दै आएको थियो। मुख्‍यमन्त्री रावल एकमहिनाअघि सत्ता गठबन्धन दलहरूको समर्थनमा मुख्‍यमन्त्रीमा नियुक्त भएका थिए। मुख्‍यमन्त्री नियुक्त भएको एकमहिनाभित्रमा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्‍यवस्था छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close