टर्की र सिरियामा गएको भूकम्पबाट चार अर्ब अमेरिकी डलर बराबरको क्षति

पेरिस । टर्की र सिरियामा गएको भूकम्पका कारण चार अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति हुन सक्ने तथ्याङ्क मूल्याङ्कनसम्बन्धी काम गर्ने फिचले बिहीबार जनाएको छ ।टर्की र सिरियामा सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी हालसम्म १७ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

फिचले भनेको छ, “पूर्ण आर्थिक क्षतिको अनुमान गर्न कठिन छ तर यो क्षति दुई अर्ब अमेरिकी डलरदेखि चार अर्ब अमेरिकी डलर वा त्योभन्दा पनि बढी पुग्न सक्छ ।

यस क्षेत्रमा बीमा कभरेज कम भएका कारण बीमितको नोक्सानी निकै कम अर्थात् सम्भवत ः करिब एक अर्ब अमेरिकी डलर हुने बताइएको छ । -रासस/सिन्ह्वा

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close