राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा देशको परिस्थिति विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सन्धिखर्क ।देशको तात्कालिक परिस्थिति गणतन्त्र र राष्ट्रियताको रक्षा तथा संघीय विरुद्ध संघर्षको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा भएको छ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीको आयोजनामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सागर केसीले अवधारणा पस्तुत गर्नुभएको हो।अवधारणा पत्रमा नेकपा माओवादी केन्द्र ,एमालेसहितका सत्ता गठबन्धन आबद्द निर्माण भएको छ तर प्रतिगमनको समस्या झन झन बढेर गएको यस्तै वर्तमान सरकारको स्वरुप हेर्ने हो भने सरकार निर्माण तथ संचालनमा एमालेको मुख्य भुमिका रहेको छ।
त्यसका साथै सरकारम सहभागी द्लहरु राप्रपा तथा स्वतन्त्र पार्टी जस्ता प्रतिगामी तथा सामाज्वादपरस्त शक्ति सरकारमा जानुले जनताले चाहे बमोजिमको विकास हुन्छ भन्ने अपेक्षा नभएको लगायतका अवधारणा पस्तुत गर्नुभएको थियो ।
यता अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा चुनढुंगा उत्खननले पर्ने असर,जिल्लामा आत्महत्या घटना, गोरुसिंगे सन्धिखर्क सडक,सालझण्डी ढोरपाटन सडकको काममा ढिला सुस्ती,जिल्लामा सार्वजनिक जग्गा अतिक्रम लगायतका विषयमा पनि अवधारण केसीले पस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका लिला विक,नेकपा माओवादी केन्द्रका डिलाराम पाण्डे ,राष्ट्रिय स्वतन्त्र पार्टीका हरि प्रसाद भुसाल,राप्रपाका पशुपति पाण्डे,एकिकृत समाजवादीका रामबहादुर चौहान,नेपाल समाजवादीका रमेश खनाल,नेकपा माओवादीका बहुमत पदम नेपाली,नेकपा विप्लवका प्रभास लगायले विषय वस्तुमाथी जिल्लाको विकास निर्माणको सन्दर्भमा सबै दलहरु एकता भएमा मात्र जिल्लाको विकास निर्माणको कामले तिब्रता पाउने धारणा राखेका थिए ।कार्यक्रम राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य शेरबहादुर बिसीको प्रमुख आतिथ्यता,कार्यबाहक जिल्ला अध्यक्ष गोपाल पौडे्लको अध्यक्षता ,नेता जिवनारायण खनालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close