राष्ट्रपति सवारीले दुनियाँलाई सास्ती

काठमाडौं । काठमाडौंको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत कन्सल्ट्यान्ट अर्थोपेडिक्स अनकोलोजिस्ट डा। जनिथ सिंह ओपिडीको ड्युटी सकेर घर फर्कन शुक्रबार साँझ कार्यकक्षबाहिर निस्किए । पार्किङमा राखिएको साइकल डोर्‍याउँदै ट्रमा सेन्टरको परिसर हुँदै गेटसम्म पुगे । त्यहाँ बाक्लो भिड थियो । त्यही भिड छिचोल्दै निस्कन खोज्दा नेपाल प्रहरीका एक जना हवल्दार आक्रोशित हुँदै उनलाई धकेल्न थाले ।

सिंहले आफू डाक्टर भएको भन्दै परिचयपत्र देखाए । तर ती हवल्दार झन् आक्रोशित भएर परिचयपत्र खोस्दै लाठी प्रहार गर्न थाले । लाठीबाट डा। सिंहको टाउकोमा गम्भीर चोट लागेको छ । घर जान निस्केका उनी चोट लागेपछि पुनः ट्रमा सेन्टरमै फर्किएर उपचार गराइरहेका छन् ।

घाइते भएका डा सिंह हाडजोर्नी तथा नसाको क्यान्सर रोगका नेपालकै उत्कृष्ट चिकित्सक मानिन्छन् । यसरी वरिष्ठ चिकित्सकमाथि लाठी प्रहार भएपछि तत्काल ट्रमा सेन्टर र छेउमै रहेको वीर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी सेवा ठप्प पारेर आन्दोलित भएका थिए । प्रदर्शनकै क्रममा उनीहरूले छेउमै रहेको कान्तिपथमा चक्काजामसमेत गरे ।

त्यसपछि प्रहरीले फेरि बल प्रयोग गरेको थियो । बल प्रयोगबाट अन्य केही चिकित्सक र स्वास्थ्यकर्मीमाथि पनि लाठी प्रहार भएको थियो । त्यसमा पनि केही घाइते भएको बताइएको छ । त्यसयता शुक्रबार अबेर साँझसम्म पनि ट्रमा सेन्टर र वीर अस्पतालको सेवा ठप्प छ । आफ्ना चिकित्सक र स्वास्थ्यकर्मीमाथि प्रहरीको लाठी प्रहार भएपछि ट्रमा सेन्टरमा कार्यरत सबै चिकित्सक र स्वास्थ्यकर्मी अस्पतालबाहिर प्रदर्शनमै थिए । उनीहरूले दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै आएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close