अनेम संघ सन्धिखर्क नगरपालिकाको तेश्रो नगर सम्मेलन सम्पन्न,नयाँ नेतृत्व चयन

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा अखिल नेपाल महिला संघ को तेश्रो नगर सम्मेलन सम्पन्न भएको छ । सम्पन्न सम्मेलनबाट ३१ सदस्यीय नगर समिति चयन गरिएको छ । जसको अध्यक्षमा पार्वता भुसाल ,उपाध्यक्षमा पार्वता श्रेष्ठ ,सचिवमा आशा परियार ,उपसचिवमा सुशीला भुसाल ,कोषाध्यक्षमा दधिकला भाट क्षेत्री लगायतको समिति निर्विरोध निर्वाचन गरिएको हो ।

प्रतिनिधि सभा सदस्य तथा अनेमसंघ केन्द्रीय समिति सचिवालय सदस्य विजुला रायमाझीको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा,प्रदेश सभा सदस्य तथा नेकपा (एमाले) प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, पार्टी प्रदेश कमिटी सदस्य प्रेम नारायण गैरे, जिल्ला कमिटी उपाध्यक्ष इक्ष्वरा पोख्रेल, नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल लागायतको सहभागीता रहेको कार्यक्रम अनेमसंघ नगर समिति अध्यक्ष मेनुका पौडेलको अध्यक्षता , सचिव मायाँ ज्ञवालीको सञ्चालमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close