सांसद भण्डारीकी आमाको मृत्यु

काठमाण्डौं ।ग्याँस सिलिन्डर विस्फोटमा परि घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

उनको आज विहान १० बजेर ५७ मिनेट जाँदा उपचारका क्रममा निधन भएको कीर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर निजिना ताम्राकारले जानकारी दिनुभयो ।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए ।

सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close