अर्घाखाँचीमा थप एक जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि,कुल संक्रमित संख्या ३ सय ९० पुग्यो

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा थप एक जना स्वास्थ्यक्रमी लाई कोरोना पुष्टि भएको छ । जिल्लाको भुमिकास्थान नगरपालिकाका एक स्वस्थ्यक्रमी लाई कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो सँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ३ सय ९० पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।खनालका अनुसार जिल्लामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ३ सय ५२ रहेको बताइएको छ ।अब सक्रिया कोरोना संक्रमित संख्या ३४ रहेको छ । जसअन्तर्गत सन्धिखर्क नगरपालिकाका २० जना,शितगंगा नगरपालिका १० जना र भुमिकास्थान नगरपालिकामा ४ जना सक्रिय संक्रमित रहेका छन । हाललाई मालारानी गाउँपालिका,पाणिनी गाउँपालिका ,छत्रदेव गाउँपालिका कोरोना मुक्त पालिका भएका छन । कोरोनाका संक्रमण बाट हाल सम्म अर्घाखाँचीमा ४ जनाको मृत्यु भएको छ ।भारत तथा छिमेकी जिल्ला बाट आएर स्थानीयतहले निर्माण गरेको क्वारेन्टाइनमा बस्ने संख्या २ सय १५ रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close