लुम्बिनी प्रदेशमा ५ वर्ष भित्रमा खानेपानीको समस्या समधान हुन्छः मन्त्री आचार्य

सागर महत,अर्घाखाँची ।
लुम्बिनी प्रदेश सरकारले बढ्दो खानेपानीको माग सम्बोधनमा देखिएका चुनौतीको व्यवस्थापन सहकार्यका लागि सबै क्षेत्रसँग सहकार्य गरेर काम गर्ने भएको छ ।लुम्बिनी प्रदेशका खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले ५ वर्षभित्रमा यस प्रदेशमा खानेपानीको विस्तार हुने बताउनुभएको हो ।
नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । आवश्यताको आधारमा विभिन्न मापदण्ड तयार पारेर सबैको घर–घरमा खानेपानीका योजना सम्पन्न गर्ने योजनाका साथ अगाडि बढेको मन्त्री आचार्यले बताउनुभयो । जिल्लामा थालनी गरेका कामलाई निरन्तरता दिंदै अधूरा कामलाई पनि क्रमश अगाडि बढाउने उहाँले बताउनुभयो ।
यस अघिको प्रदेश सरकारको पालामा खानेपानी क्षेत्रमा प्रदेश सरकारमा ४ सय वटा योजना भएको उहाँले बताउनुभयो । तर अहिले बढेर ११ सय वटा योजना पुगेको उहाँको भनाइ थियो । यता जिल्ला अस्पताल अर्घाखाँची सुधारको लागि पहिला भौतिक पूर्वाधार निर्माण गर्ने मन्त्री आचार्यले बताउनुभएको छ। अर्घाखाँची जिल्ला अहिले भाग्यमानी जिल्ला भएको उहाँले बताउनुभयो ।
जिल्लामा संघीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र प्रदेशमा खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्री प्राप्त हुनु भनेको जिल्लाको हरेक विकास क्षेत्रमा काम गर्नको लागि सहज वातावरण सिर्जना हुने उहाँको भनाइ थियो । कार्यक्रम नेपाल पत्रकार महासघका जिल्ला अध्यक्ष अशोक खनालको अध्यक्षता र सहसचिब हृदय भुसालको स्वागत मनतब्य र जिल्ला सचिब बिनोद गैरेको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close