सक्षम परियोजना अर्घाखाँचीको आयोजनामा बालबालिकाको शिक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सागर महत /अर्घाखाँची ।
विकलांग  मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन बनेपाद्वारा सन्चालित सक्षम परियोजना अर्घाखाँची शाखाको आयोजनामा अपाङ्गता भएका बालबालिकाको शिक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सन्धिखर्क नगरपालिका वडा नं . ७मा रहेको चन्द्रप्रभा माध्यमिक बिधालयमा सम्पन्न भएको छ।
कार्यक्रममा मन्तव्य राख्दै वडा नं. ७ का वडा सदस्य विष्णु प्रसाद भुसालले अर्घाखाँचीमा रहेको सक्षम परियोजनाले छोटो समयमा जिल्लामा रहेका १८वर्ष भन्दा मुनिका शारीरिक अपाङ्गता भएका बालबालिका लाई उपचार पछि नयाँ जिवन दिएको मा धन्यवाद दिनुभएको छ ।विधालय स्तरमा पनि शिक्षक ,अभिभावक लगायतका ब्यक्ती लाई जनचेतना मुलक कार्यक्रम संचालन गरेकोमा आगामी दिनममा पनि यस्ता कार्यक्रमको आवश्वक रहेको बताउनुभएको हो ।

कार्यक्रममा परियोजनाकी कर्मचारी रक्षा पाण्डे वडा भित्र रहेका विभिन्न विद्यालयका शिक्षक,कर्मचारी नेता ,अभिभावक लगायतको सहभागीता रहेको कार्यक्रममा परियोजनाका अर्घाखाँचीका सुपरभाइजर लेखनाथ आचार्यले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण तालिममा आचार्यले अर्घाखाँचीका स्थानीयतहले अपाङ्गता भएका बालबालिका लाई आवश्यक पर्ने कुनै त्यस्तो कार्यक्रम नल्याएको बताउदै अपाङ्गता लाई हेर्ने दृष्टीकोणमा समुदाय स्तर बाट परिवर्तन हुनेमा जोड दिनुभयो।

यस्तै अर्घाखाँची जिल्लामा परियोजनाले ३ वर्षको अवधिममा ३ सय ६५ जनाको नयाँ जिवन दिन सफल रहेको बताउदै परियोजनाले टोल स्तरमा पनि सचेतना कार्यक्रम संचालन गर्ने बताउनुभएको हो ।यस्तै कार्यक्रममा विशेष गरि अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासंधिमा उल्लेखित शिक्षा सम्बन्धि हकको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो  ।

कार्यक्रम विद्यालयका प्रअ दिन बहादुर थापाको अध्यक्षता शिक्षक हरी पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम सक्षम परियोजनाको आयोजना चन्द्रप्रभा माध्यमिक बिधालयकको समन्वय सिबिएमको सिबिएमको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको  हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close