सन्धिखर्कमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सन्धिखर्क ।नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीको महिला बिभागले आयोजनामा सन्धिखर्क नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जनताकृष्ण माध्यमिक विद्यालयले प्रथम,भगवती माध्यमिक विद्यालय दोस्रो ,ज्ञानप्रकाश माध्यमिक विद्यालय तेस्रो ,युवाबर्ष जनता रविचित्र माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार हात पारेको छ ।

१सय१३ औं अन्तरास्ट्रिय महिला दिवसको अवसरमा सन्धिखर्कमा संचालित सामुदायिक स्कुलको कक्षा ६ देखि ८ सम्मका विद्यार्थी सम्मीलित गराइ महिला बिभागले प्रतियोगिताको आयोजना गरेको थियो ।प्रतियोगितामा विजेता विद्याललाई नगद र प्रमाणपत्रले सम्मान गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन अन्तरगतको महिला विभागले जनाएको छ ।

महिला बिभाग संयोजक सिता बन्जाडेको अध्यक्षता, नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीका कोषाध्यक्ष सिता क्षेत्रीको स्वागत मन्तव्य र महिला बिभाग सचिव बिष्णु पन्थीको संचालनमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीका अध्यक्ष धुर्व केसी र युवाबर्ष जनता रविचित्र मावि हटारीनेटाका प्रधानाध्यापक टेकराज आचार्यले सम्बोधन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close