दाङको तुलसीपुरमा सासु ससुराले बुहारीको विवाह गराइदिए

यमकला भुसाल,तुलसीपुर। दाङको तुलसीपुरमा सासु ससुराले बुहारीको विवाह गराइदिएका छन ।बिहीबार तुलसीपुरका शिव श्रेष्ठ र बिना श्रेष्ठले आफ्नो एकल बुहारी आरती श्रेष्ठको बर्दघाट नगरपालिका वडा नं ५ पालडाँडा निवासी चन्दन ध्वज केसीसगं विवाह गरिदिएका हुन् ।

शिव श्रेष्ठका छोरा सुविन श्रेष्ठको २०७४ साल कात्तिक ५ गते ३३ वर्षको उमेरमा (क्यान्सर रोग)को उपचारको क्रममा निधन भएको थियो । छोराको मृत्युपछि एक्लिएकी बुहारीलाई छोरीको रुपमा लिएका थिए ।

३० वर्षीय आरती सासु बिना र ससुरा शिव श्रेष्ठसगं तुलसीपुरमा बस्दै आएकी थिइन । छोरी आरतीको सुन्दर भविष्यको कामना गर्दै कन्यादान गरि विवाह गराइदिएको शिव श्रेष्ठले बताए ।

‘छोराछोरी नभई विधवा भएपछि अलपत्र परेका धेरैका छोरी छन्,श्रेष्ठले भने,‘घर माइतीले उनका समस्या नबुझेर जिन्दगी भर दुःख पाएका पनि छन्,तर हामीले बुहारी पनि छोरी सरह हुन,छोरीको भविष्यका लागि घर पक्ष र माइतीका सबैको सल्लाहले विवाह गरिदियौं ।’

यो विवाहले बुहारी पनि छोरी सरह नै हुन भन्ने सकारात्मक सन्देश दिएको र यसले महिला हिंसा न्युनिकरणमा थप सहयोग पुग्ने अधिकारकर्मी सुस्मा गिरी बताउँछिन ।

आरतीको विवाहमा यहाँका जनप्रतिनिधी,स्थानीय राजनितिक दलका नेताहरुगणहरु,पत्रकार लगाएत विभिन्न क्षेत्रका व्यक्तीहरुको सहभागि थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close